आयोजक टिमले नै हात पार्यो चौविसेमा सञ्चालित नकआउट फुटवल प्रतियोगताको उपाधी
धनकुटा । धनकुटाको चौविसे गाउँपालिका कुरुले तेनुपामा सञ्चालित खुल्ला पुरुष नक आउट फुटवल प्रतियोगताको उपाधी आयोजक साईनिङ स्पोर्टिङ क्लवले हात पारेको छ ।
फाईनलमा रारा फुटवल क्लव राजारानीसँग भीडेको साईनिङले ट्राईव्रेकरमा ३ को विरुद्ध ४ गोल लगाउदै जीत हात पारेको हो ।
जितसँगै उसले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने दोश्रो स्थानमा चित्त वुझाएको राराले नगद ३० हजार सहित मेडल र प्रमाणपत्र हात पारेको आयोजकले जनाएको छ ।
गत २४ गतेदेखी सञ्चालित प्रतियोगितामा धनकुटा,तेह्रथुम,पाँचथर र मोरङका जम्मा २६ टिमको सहभागीता थियो ।


