होटल एशोसियसनद्वारा धनकुटेलीलाई शुभकामना !
धनकुटा । होटल एशोसियसन भेडेटारले धनकुटा बासीहरुलाई दशै, तिहार तथा छैट तथा आउन लागेका सबै खालका पर्वहरुको शुभकामना दिएको छ ।
एशोसियसनले आईतबार भेडेटारमा एक शुभकामना आदानप्रदान तथा रात्री भोजको आयोजना गरेर शुभकामना दिएको हो । कार्यक्रममा चैथो साधारणसभाबाट नव निर्वाचित अध्यक्ष जितेन्द्र रुम्दाली राईले कार्यक्रममा उपस्थित तथा धनकुटा बासीहरुलाई शुभकामना दिनुभएको थियो ।
उक्त कार्यक्रममा चौथो अधिवेशनबाट निर्वाचित अध्यक्ष रुमदाली सहित सदस्यहरुलाई साँगुरी गाउँपालिका अध्यक्ष कुमारजंग याखाले प्रमाण–पत्र दिनुभएको थियो ।

कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई नमस्ते झरना ब्यबस्थापन समिति,भेडेटार खानेपानी,यायोक्खा भेडेटार,नेपाल आर्मी बेस क्यामप भेडेटार,शसस्त्र प्रहरी बल मुलघाट,जनजाति महासंघ धनकुटा,फनिज धनकुटा,पर्यटन बिकास समिति धनकुटा,नेपाल पत्रकार महासंघ धनकुटाका प्रतिनिधिहरुले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाले हाउजी बिङ्गो खेल खेलाएर मनोरन्जन दिएको थियो ।



