लामो खडेरीले बाली सखाप !, भोजपुर र धनकुटाका २ हजार ५ सय बढी किसानले सरकार गुहारे
धनकुटा खबर । लामो खडेरीले वर्षे र हिउँदे बाली भित्र्याउन नपाएका भोजपुर र धनकुटाका किसानले राहत र क्षतिपूर्तिका लागि सरकार गुहारेका छन् ।
अरुण गाउँपालिका र महालक्ष्मी नगरपालिकाका दुई हजार पाँच सय भन्दा बढी किसानले प्रदेश र केन्द्र सरकारसँग राहतको माग गरेका हुन् ।
अरुण गाउँपालिकाको जरायोटार, चरम्बी, याकु, प्याउली तथा महालक्ष्मी नगरपालिकामा पर्ने लेगुवा र चानुवाका करिब दुई हजार पाँच सय परिवार किसान चरम खडेरीको मारमा छन् । यी स्थानमा खडेरीकै कारण वर्षे मकै उत्पादन भएन भने पानी नपर्दा मकै, कोदो, बदाम, दाल र जुनेलो लगायत हिउँदे बाली सुकेर बीउसमेत उठ्ने अवस्था छैन् बर्खा र हिउदे बालि नै भित्राउन नपाएका किसान लाई अहिले बर्ष भरी के खाने भन्ने विषयले सताएको बताउछन् ।

महालक्ष्मी ५ की स्थानिय मनकुमारी मिश्रले भनिन्न “बर्खे वालि खडेरी, सुख्खा जर्तीले सखाप भए पछि हिउदे वालि त होला कि भनेर लगाएको थियो तर त्यो समेत सुकेर सबै सकियो ” मनकुमारीको जस्तै दुखेसो छ अर्का स्थानिय डिक बहादुर पुरीको पनि उनि भन्छन्- खडेरीले लगाएको कुनै पनि बालि भित्राउला भन्ने आश त छैन् अरु बर्ष रोप्नका लागि बिऊ समेत नहुने कुराले सताएको छ बालि नै भित्राउन नपाए पछि बर्ष दिन भरि के खाएर बाच्ने ।
उत्पादनमा आएको कमीले हिउँदमा अनिकाल लाग्ने जोखिम देखिएकाले प्रदेश र केन्द्र सरकार समक्ष राहत र क्षतिपूर्तिका लागि आग्रह गरिएको खडेरी प्रभावित अरुण गाउँपालिका र महालक्ष्मी नगरपालिका प्रमुखले बताएका छन् । खडेरीको क्षति मूल्याङकन गरि प्रभावित क्षेत्रका किसानलाई उचित परिपुरणको ब्यबस्था गरिनु आवश्यक छ ।


