धनकुटाका कैदीबन्दीलाई ३२ ईन्चको टिभी !

धनकुटा खबर । आफ्नो स्थापनाको ६५ औं दिवशको अवसरमा नेपाल तरुणदल धनकुटाले धनकुटाका कैदीबन्दि र अपांगता भएका बालबालिकाहरुलाई बिभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।

नेपाली काँग्रेस धनकुटाका कोषाध्यक्ष तथा तरुण दलका अध्यक्ष दिनेश राईको अगुवाईमा धनकुटा कारागारका कैदीबन्दीलाई ३२ ईन्चको १ थान एल.सि.डि.टिभी दिईएको हो ।

त्यस्तै धनपा ४ स्थित मार्गेश्वरी प्राबिमा अध्ययनरत २१ जना सुस्तश्रवण भएका बालबालिकाहरुलाई जाडो मौसमका लागि स्वीटर दिईएको प्रेश यूनियनका अध्यक्ष यानिन्द्र तिगेलाले जानकारी दिनुभयो ।

सामाग्री वितरण कार्यक्रममा नेपाली काँग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,पूर्व माननिय मनोहर नारायण श्रेष्ठ,तरुणदल धनकुटाका पूर्व अध्यक्ष बिश्वप्रकाश श्रेष्ठ,महासमिति सदस्यद्वय आनन्द सन्तोषी राई र घनेन्द्रराज श्रेष्ठ, क्षत्रिय सभापति जितेन्द्र रुम्दाली राई लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य तरुण दल धनकुटा उपाध्यक्ष असिम शाक्यले गर्नुभएको थियो भने कार्यक्रमको ब्यबस्थापन तिलक महत गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖