सागुरिगढीमा ९० बर्ष माथिका ज्येष्ठ नागरिक सम्मानीत
धनकुटा । धनकुटाको सागुरिगढी गाउपालिका वडा नं ७ र ८ का ९० बर्ष माथिका ४ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा ७ नं वडाकी ९८ बर्षकी मनमाया राई, ९१ वर्षका भगिश्वर राई, ९० वर्षका हैकम सिह राई र वडानं ८ का १०० वर्षकी पदमश्वरी राई रहेकाछन् ।
पदमश्वरीलाई नगद रु १० हजार, मनमायालाई नगद रु ८ हजार, भगिश्वर र हैकम सिंंहलाई नगद रु ६ र ६ हजारका दरले रकम प्रदान गर्दै दोसल्ला ओढाएर कदरपत्र दिई सम्मान गरिएको हो ।
सागुरिगढि ८ का वडा अध्यक्ष विनय राईको अध्यक्षता तथा गाउपालिकाका प्रमुख कुमारजङ याक्खाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको स्थानिय पदम राईले जानकारी दिनुभयो ।
गाउँपालिकाद्धारा आयोजित कार्यक्रममा सागुरिगढि गाउपालिका उपाध्यक्ष विन्द्र राई, ७ नं वडाध्यक्ष पुर्ण प्रसाद राई, गाउपालिका सदस्य बालकृष्ण राई , शिक्षक वुद्धीजीवि सुर्य बहादुर मगरले मन्तब्य राखेका थिए ।


