पिपिएल क्रिकेट : काठमाडौँ र धनगढी विजयी

कास्की । पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा हुलास काठमाडौँ रोयल्स र एक्पर्ट धनगढी ब्लुज विजयी भएका छन् ।

बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको काठमाडौँ छ अङ्कसहित अङ्क तालीकाको शीर्षस्थानमा पुग्न सफल भएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँले अविजित नरेश बुढाएरको अर्धशतकीय योगदानको मद्दतले २० ओभरमा चार विकेट गुमाउँदै १७२ रनको योगफल तयार ग¥यो । २८ बल सामना गरेका बुढायरले पाँच छक्का र तीन चौका प्रहार गर्दै ५८ रन बनाएका थिए ।

यसअघि लगातार दुई हार भोगेको बुटवलको जितका लागि १७३ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३५ रन मात्र जोड्न सक्यो । बुटवलका रोहन मुस्तफाले पाँच चौका र चार छक्का सहित ६१ रन वनाएपनि टिमलाई जिताउन सकेनन् ।

आजको पहिलो खेलमा एक्पर्ट धनगढीले घरेलु टोली पोखरा पल्टनलाई दुई विकेटले पराजित गरी जारी प्रतियोगितामा छ अङ्क जोड्न सफल भयो । टस जितेपछि ब्याटिङ रोजेको पोखरा पल्टनले २० ओभरमा आठ विकेट गुमाउँदै १४४ रनको योगफल तयार गरी धनगढी ब्लुजलाई १४५ रनको लक्ष्य दिएको थियो । पोखराको लक्ष्य बुटवलले आठ विकेट गुमाउँदै निर्धारित ओभरमा एक बल छँदै भट्टाएको थियो ।

तीन ओभरमा सन्दीप झोरा, सौरभ खनाल र मन्जित श्रेष्ठलाई पाँच रनमै गुमाउँदै धराशायी अवस्थामा पुगेको धनगढी ब्लुजलाई दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी सम्हाल्दै नटआउट २६ बलमा चार चौका र चार छक्काको मद्दतले ४९ रन जोडेर जिततर्फ अग्रसर गराए । खेलमा ब्लुजका कमलसिंह ऐरीले चार विकेट लिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।