निमित्त कार्यालय प्रमुख मृत अवस्थामा फेला
धनकुटा खबर । खानेपानी सरसफाइ क्षेत्रिय अनुगमन तथा सुपरीबेक्षण कार्यलय धनकुटाका निमित्त कार्यालय प्रमुख ओछ्यानमा मृत अवस्थामा फेला परेका छन् ।
गोर्खाको पालुङ्गटार नगरपालिका वडा नम्बर ४ घर भइ धनकुटा स्थीत खानेपानी सरसफाइ क्षेत्रिय अनुगमन तथा सुपरीबेक्षण कार्यलयमा कार्यरत ५३ बर्षिय सिनियर डिभिजन अर्जुन प्रसाद न्यौपाने आफ्नै ओछ्यानमा मृत अबस्थामा फेला परेका हुन् ।
बेलुका खाना खाएर कार्यालयको क्वाटरमा सुत्न गएका न्यौपाने लाई आज विहान कार्यलयका अन्य कर्मचारीले मृत अबस्थामा भेटे पछि प्रहरीलाइ खबर गरेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो ।
शव लाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल धनकुटा पठाएको छ प्रहरीले जानकारी दिएको छ ।


