ओलम्पियन विधान लामाको प्रतिमा स्थापना गरिने

काठमाडौँ । नेपाली खेलकूदमा ऐतिहासिक सफलता प्राप्त गर्नुभएका ओलम्पियन एवं तेक्वान्दो खेलाडी विधान लामाको प्रतिमा स्थापना गरिने भएको छ ।

आज रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा ओलम्पियन लामाको आगामी ६ महिनाभित्र मूर्ति स्थापना गरिने जानकारी गराइयो । नेपाल तामाङ घेदुङ सङ्घले लामाको मूर्ति निर्माणका लागि समिति बनाएर कार्य योजना छिट्टै तयार गर्ने जनाएको छ । समितिका संयोजक डिएन घिसिङ तीन दशक अगाडि नेपालको नाम र इज्जत विश्वभर फैलाउन सफल लामाको प्रतिमा स्थापना गर्न लागिएको बताउनुहुन्छ । लामाको मूर्ति काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित उहाँकै जन्मथलोमा बनाइने छ ।

लामाले सन् १९८४ देखि १९९० सम्म राष्ट्रिय टिमबाट तेक्वान्दो खेल्नुभएको थियो । उहाँले सन् १९८६ मा पहिलो पटक १०औँ एशियाली खेलमा नेपालको तर्फबाट कास्य पदक तथा सन् १९८७ मा स्पेनमा भएको ८औँ विश्व तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जित्नु भएको थियो । लामा सन् १९८८ को आठौँ एशियन च्याम्पियनसिपमा रजत पदक जित्न सफल हुनुभएको थियो ।

त्यसैगरी दक्षिण कोरियाको सोलमा सम्पन्न २४औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा लामाले कास्य पदक जित्नु भएको थियो । पत्रकार सम्मेलनमा आफ्नो खेल जीवनबारे स्मरण गर्दै लामाले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । आफूलाई साधारण खेलाडीका रुपमा मात्रै लिन आग्रह गर्दै उहाँले पढ्ने बेला भागेर ब्रुस लिको चलचित्र हेर्न जाने गरेको र त्यसैबाट प्रभावित भई तेक्वान्दोतर्फ आकर्षित भएको बताउनुभयो ।

नेपालमा २०३९ सालपछि मात्रै सर्वसाधारणलाई तेक्वान्दो खेल्न दिइएको लामाको भनाइ थियो । उहाँले आफू पनि त्यसपछि मात्रै तेक्वान्दो खेल्न थालेको बताउनुभयो । नेपालको इतिहासमा जिवित खेलाडीको मूर्ति बन्न लागेको यो पहिलो पटक हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।