महासंघ धनकुटामा दिपावलीको शुभकामना आदान प्रदान !
धनकुटा । शुभ–दिपावलीको अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । महासंघले सोमबार राजनैतिक दल, जनप्रतिनिधि, बिभिन्न संघ-संस्थाका प्रतिनिधि,पत्रकारहरु बोलाएर शुभकामना ज्ञापन गरेको छ ।
कार्यक्रममा पत्रकारहरुका तर्फबाट शाखा अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ र जनप्रतिनिधिहरुको तर्फबाट प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले शुभकामना दिनु भएको थियो । कार्यक्रममा महासंघले आयोजना गरेको हाउजी-बिङ्गो खेलमा सल्भ नेपालका कार्यकारी निर्देशक सम्भु प्रधानले हाउसफुल पुरस्कार जित्नु भएको थियो ।



