२ घण्टा हेलिकोप्टर उडाएर निजगढ विमानस्थलको अनुगमन
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गत उपसमिलिे प्रस्तावित निजगढ विमानस्थलको हवाई अनुगमन गरेको छ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल संयोजक रहेको उपसमितिले करिब २ घण्टा हेलिकोप्टरबाट उक्त क्षेत्रको अवलोकन गरेको आजको गोरखापत्र दैनिकमा खबर छ ।
समितिले विमानस्थल निर्माण क्षेत्रको स्थलगत अनुगमन गरेन। प्रस्तावित विमानस्थलबारे र वातावरणीय प्रभावको विभिन्न टीका टिप्पणी भएपछि समितिले अनुगमनको निर्णय गरेको हो। निर्णय अनुसार उपसमिति अनुगमनका लागि गएको छ।
दुई पटकसम्म अनुगमनको समय सरेपछि तेस्रो प्रयासमा अनुगमन भएको हो। उपसमिति सदस्य, वन तथा वातावरण क्षेत्रका विज्ञ र दुई विभागीय मन्त्रीसमेत अनुगमनमा गएका थिए।
वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र पर्यटन मन्त्री रविन्द्र अधिकारीसमेत अनुगमनमा सहभागी भए। सेनाको एमआई १७ हलिकोप्टरबाट २० सदस्यीय टोलीले विमानस्थलको अनुगमन गरेको हो।


