धनकुटामा एक ब्यक्तिको हत्या
धनकुटा खबर । धनकुटाको महालक्ष्मी नगरपालिकास्थित डांडागाऊमा एक ब्यक्तीको आफ्नै घरको बारीमा हत्या भएको छ ।
डांडागाउं ४ का अन्दाजी ६५ बर्षका गोरे बहदुर तामङ् हिजो बेलुका करिब ४:३० बजे मृत भेटिएको चनुवा प्रहरी चौकीले जानकारी दिएको छ । मृतकको आँखा वरिपरि चोटपटक देखिएको ले प्रारम्भिक अनुसन्धानमा उनको हत्या हुन सक्ने चौकीका निमित्त ईन्चार्ज नेत्र भुजेलले जानकारी दिनुभयो ।
मृतककी श्रीमती सुगुरको चारो खोज्न गएपछी एक्लै भएको अबस्थामा तामाङ्को हत्या भएको हुनसक्ने भुजेलले जानकारी दिनुभयो ।
हत्याको आशंकामा छिमेकी फत्तेजुङ तामाङ्लाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा पठाईएको चानुवा प्रहरीले जानकारी दिएको छ ।


