तिहारको अवसरमा पाख्रीवासमा खुल्ला नआउट फुटवल, फलाटेले जित्यो उपाधी

धनकुटा । तिहारको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका ८ राई गाउँमा सञ्चालित खुल्ला नआउट पुरुष फुटवल प्रतियोगिताको उपाधि जीमीगाउँ युथ क्लव पाख्रीवास ६ फलाटेले जितेको छ ।

फुराहाङ युवा क्लव पाख्रीवास ८ मुगा सँग आज फाईनलमा भीडेको उसले ० को विरुद्ध ४ गोल हान्दै उपाधी कव्जा गरेको हो । जीतसँगै उसले नगद १५ हजार सहित गोल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोश्रो स्थानमा चित्त वुझाएको फुराहाङ युवा क्लवले नगद ७ हजार सहित सिल्भर मेडल र प्रमाण पत्र हात पारेको छ ।

प्रतियोगितामा उत्कृष्ट गोल किपर जीमी गाउँ युवा क्लवका रिदन राई घोषित हुनुभएको छ भने थलथले युवा क्लवका त्रिभूवन राई उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । छिरिछिट युवा क्लव पाख्रीवासको ८ को आयोजनामा गत कार्तिक २० गते देखी भएको यो प्रतियोगिता आज सकिएको आयोजक क्लवका अध्यक्ष सिताराम राईले जानकारी दिनुभयो ।

प्रतियोगिता समापन कार्यक्रममा पाख्रीवास नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि वृष वहादुर राई लाई ढाका टोपी ओढाई सम्मान गरिएको थियो । पाख्रीवास नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगितामा पाख्रीवास नगरपालिका र शहिदभूमि गाउँपाकिाका जम्मा १० टिमले सहभागिता जनाएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।