मुढेवासको मेला सकियो !

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका मुढेवास शूक्रवारे वजारमा सञ्चालित ३ दिने द्धितीय मेला आज विभिन्न कार्यक्रम गर्दै समापन भएको छ ।

गाउँपालिका प्रमुख खजिन्द्र राईको प्रमुख आतिथ्य तथा मेला संयोजन समितिका संयोजक सञ्च वहादुर मादीको अध्यक्षतामा सञ्चालित एक कार्यक्रमको वीच मेला समापन गरिएको हो । मेलामा पुरुष छेलो,महिला छेलो,स्लो वाईक रेस र लङजम खेल खेलाईएको छ ।

यी खेलहरुमा क्रमश लप्पी लिम्वु,चन्द्र माया लिम्वु,डेविट याख्खा र सुरोज चौधरीले जीत हाँसिल गरेकाछन् । उनीहरुलाई नगद २र२ हजार पुरस्कार प्रदान गरिएको छ । मेलामा क्षेत्री व्राह्मणको संगीनी नाच, भजन र्कितन,लिम्वुजातीको धान नाच र याख्खा जातीको डोकेनी नाच प्रदर्शन गरिएको थियो ।

उनीहरुलाई समेत नगद २-२ हजार पुरस्कार दिईएको छ । उनीहरुलाई मेला आयोजक तथा शुक्रवारे वजार व्यवस्थान समितिका अध्यक्ष एनोज तुम्छा सहित प्रमुख अतिथि,विशेष अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।