‘देउसीको रकम किरात संस्कार-संस्कृति संरक्षण प्रबर्धनका लागि’

धनकुटा । किरात भाषा धर्म संस्कार सस्कृति संरक्षणका लागि किरात संस्कार संस्कृति संरक्षण समिति धनकुटा १ हिलेले सञ्चालन गरेको देउसि भैलो कार्यक्रममा १ लाख आर्थिक सहयोग संकलन भएको छ ।

समितिले आज कार्यक्रम समापनको अवसरमा यस्तो जानकारी गराएको हो । समितिका अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्ष्ता तथा धनकुटा नगरपालिका १ नं वडा अध्यक्ष निरन तामाङको प्रमुख आतिथ्यमा सञ्चालित समापन कार्यक्रममा समितिका सल्लाहकार पर्शु बहादुर राईले किरातहरूको भाषा संस्कृति संस्कार परम्परा लोप हुदै गएकाले सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नका लागि आफुहरूले देउसि भैलो कार्यक्रम सञ्चालन गरेर एकलाख बराबरको आर्थिक संकलन गरिएको जानकारी दिनुभयो ।

उहाँले संकलित रकम किरात संस्कार संस्कृति संरक्षण प्रबर्धनका लागि उपयोग गरिने वताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष तामाङले किरात भाषा संस्कार संस्कृति संरक्षण प्रवद्र्वनका लागि वडा बाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनु भयो ।

त्यस्तै वडा सदस्य लालचन गोङवा तामाङले देउसिभैलो जस्ता कार्यक्रमले आफ्नो भाषा संस्कार संस्कृति संरक्षण प्रवद्र्धन गर्न तथा पछिल्लो पुस्ता सम्म पुर्‍याउनका लागि मद्दत पुग्ने वताउनुभयो । देउसि भैलो कार्यक्रममा सहभागीहरूलार्इ प्रमाणपत्र र करुवा प्रदान गरेर सम्मान पनि गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।