कृषि उपजको बजारीकरणमा सरोकारवाला र राज्य उदासिन
धनकुटा खबर । किसानहरुले उत्पादन गरेको वस्तूको मूल्य निर्धारण तथा बजारिकरणमा नीतिगत समस्या रहेको धनकुटाका सरोकारवालाहरुले गुनासो गरेका छन् ।
सामूदायिक रेडियो प्रसारक संघ अकोराव र सामूदायिक सूचना नेटर्वक सीआई एनको आयोजना तथा रेडियो मकालुको सहजिकरणमा जिल्ला स्थित सरोकारवाला तथा किसानवीच भएको अन्र्तक्रिया कार्यक्रममा सहभागीहरु किसानहरुले तथा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
आफूहरुले उत्पादन गरेका कृर्षि जन्य वस्तूको निश्चित मूल्य नतोकिनु तथा बजार पाउँन नसक्नु जस्ता समस्याको समाधान गर्न सरकार र सरोकारवालाहरुले उचित रणनीति बनाउन नसकेको बताएका छन् ।

सरकारले किसान रणनीति बनाएर अघि बढे स्थानीय स्तरमा उत्पादित वस्तुको बजारीकरणमा सहज हुने सहभागीको भनाई छ ।
कार्यक्रममा बोल्नुहुदै अलैचि कृर्षक लाखमान घिसिङले कृर्षिजन्य वस्तूको बजारीकरणका लागि राज्य उत्तरदायि बन्नु पर्ने बताउनुभयो । उहाँले उत्पादन क्षेत्रको प्रविधि अनूरुप विकास गदै माग अनुसारको उपादकत्व बनाउन सकिने भन्दै यसमा स्थानीय निकायको ध्यान दिनुपर्ने बताउनुभयो ।
यस्तै चिया किसान इन्द्रसारु मगरले उन्नती परियोजनाले चिया किसानलाई सहयोग पुगेपनि बजारीकरणमा भने समस्या रहेको भन्दै मजदुर समस्याले चिया उत्पादन केन्द्र नै बन्द हुने समस्या आएको समेत बताउनुभयो ।
छलफलमा रेडियो कार्यक्रम उन्नतीको प्रभावका बारेमा बताउदै रेडियोल किसानका साझाँ समस्यालाई पहिचार गरेर प्रचार गर्नुपर्ने सहभागीहरुले सुझाव राखेका छन् ।


