ओलम्पिक महिला फुटबल छनोट : नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ । ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रो खेलमा नेपालले आज बङ्गलादेशसँग भिड्दैछ ।

याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । नेपालको दोस्रो चरणको यात्रा यसै खेलले निर्धारण गर्नेछ । अघिल्ला दुई खेलमा बराबरी खेलेको नेपाललाई दोस्रो चरणमा पुग्न जित्नैपर्ने दबाब छ । नेपालले पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यान्मासँग एक÷एक गोलको बराबरी खेलेको थियो । समूह ‘सी’ मा रहेको नेपाल दुई खेलबाट दुई अङ्क जोडेर तेस्रो स्थानमा छ । यस समुहमा चार अङ्क जोडेको म्यान्मा शीर्ष र चार अङ्क जोडेको भारत दोस्रो स्थानमा छ । बङ्गलादेश अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

बङ्गलादेशलाई पराजित गर्नसके नेपाल दोस्रो चरणमा पुग्नेछ । नेपालका लागि भारत र म्यान्माबीचको खेल पनि महत्वपूर्ण हुनेछ । भारत र म्यान्माबीच आजै दोस्रो खेल हुनेछ । उक्त खेलमा हार वा जित जे भएपनि बङ्गलादेशलाई हराएमा नेपालले दोस्रो चरणको यात्रा तय गर्नेछ ।

सन् २०२० को टोकियो ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् । तेस्रो हुनेमा उत्कृष्ट दुईलेसमेत दोस्रो चरणको यात्रा तय गर्नेछन् । समूह ‘ए’ र ‘बी’ मा पाँच पाँच राष्ट्र रहेको छ । समूह ‘सी’ र ‘डी’ मा चार चार टोली छन् । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् । तेस्रो हुनेमा उत्कृष्ट दुईलेसमेत दोस्रो चरण पुग्नेछन् ।

ओलम्पिकको एशियन छनोटअन्तर्गत नेपाल रहेको समूहमा ‘सी’ मा भारत, म्यान्मा र बङ्गलादेश छन् । दुई साता लामो चीनमा प्रशिक्षण गरी नेपाली टोली म्यान्मा प्रस्थान गरेको हो । चीनमा रहँदा नेपाली टोलीले त्यहाँ तीन वटा मैत्रीपूर्ण फुटबल खेल खेलेको थियो । नेपाली २२ खेलाडी, दुई प्रशिक्षक र दुई कर्मचारी छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली छन् ।

नेपालले चीनमा रहँदा कात्तिक १२ र १४ गते बेइजिङ फोनिक्स महिला फुटबल टोली तथा १३ गते बेइजिङ स्पोर्टस् युनिभर्सिटीसँग मैत्रीपूर्ण खेल खलेको थियो । जसमा बेइजिङ फोनिक्ससँगको दुवै खेलमा पराजित भएको थियो भने बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई पराजित गरेको थियो ।

नेपाली टोलीमा गोलकिपर एन्जिला तुम्बोप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल र पुनम मगर छन् । त्यस्तै मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।