६ जिल्लाका नमूना विद्यालयको विस्तृत योजना बन्दै

धनकुटा खबर । पूर्वका ६ जिल्लाका १९ विद्यालयका प्रधानाध्यापकहरुले शैक्षिक गुणस्तरबृद्धि गर्नका लागि धनकुटामा कार्यशाला सुरु भएको छ ।

मंगलबार धनकुटामा सुरु भएको कार्यशालामा गतबर्ष नेपाल सरकारले घोषणा गरेका नमूना सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई दुई दिने कार्यशाला सुरु भएको छ । धनकुटा लगाएत पूर्वक्षेत्रका सुनसरी, भोजपूर, संखुवासभा, तेह्थुम खोटाङ्ग र ताप्लेजुङ्ग जिल्लाका माध्यामिक विद्यलायका प्रधानाध्यापकहरुले शैक्षिक गुणस्तरबृद्धि गर्न कार्यन्वयन गर्न तयार गरेका योजना सहित अन्तिमीकरण गरीने भएको छ ।

मंसिर महिनासम्ममा कार्यन्वयन गरिने विस्तृत योजना नेपाल भरीका दुई सय २२ माध्यामिक विद्यालयमा एक साथ कार्यन्वयन गरिने शिक्षा मन्त्रालय अन्तरगत शिक्षा तथा मानव विकास केन्द्रका निर्देशक पदमसिं विष्टले बताउनुभयो । विष्टका अनुसार यसै बर्ष थप एक सय नमूना विद्यलाय घोषणाको तयारीमा मन्त्रलाय रहेको छ । सन २०२२ सम्ममा नेपालमा एक हजार नमूना माध्यामिक विद्यलाय घोषणा गरी गुणस्तरिय शिक्षा प्रदान गरिने लक्ष रहेको विष्टले बताउभयो ।

नमूना विद्यालय स्थापना गरि शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने एशियालि डेभलभमेण्ट बैंकको सहयोगमा एस एस जिपी कार्यक्रम अन्तरगत हरेका विद्यालयमा एक करोडका दरले रकम समेत विनियोजन भई निकासा भएको शिक्षा विकास तथा समन्वय ईकाई धनकुटाका प्रमुख रामबहादुर थापाले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा धनकुटा नगर प्रमुख चिन्तन तामाङ्गले सरकारले नमूना विद्यालयका नाममा खर्च गर्नुका सट्टा सबै सामुदायक विद्यालय सस्थागत विद्यालयका तुलनामा विश्वासनीय बनाउने योजना बनाउनुपर्ने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।