मेस्सीले आफ्नो पाँच पिचीची आवर्डसँग तस्विर खिचाए, व्यक्तिगत अवार्डको संख्या १६० पुग्यो

यी हुन मेस्सीले जितेका उपाधिहरु...

एजेन्सी । लियोनेल मेस्सीले मंगलबार आफ्नो पाँच पिचीची अवार्डसँग तस्विर खिचाएका छन् । योसँगै उनले आफ्नो व्यक्तिगत अवार्डको संख्या १६० पुर्याएका छन् ।

सोमबार मात्र ३१ वर्षीय खेलाडीले अल्फ्रेडो डि स्टेफानो ट्रफी र पिचीची अवार्ड हात पारे । बार्सिलोनाको युवा टोलीबाट सिनियर टोलीमा प्रवेश गरे यता मेस्सीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।

अब आफ्नो करियरको अन्त्यसम्म यो संख्या २ सय पुर्याउने उनको लक्ष्य हुनुपर्छ । उत्कृष्ट बन्नका लागि युभेन्टसका क्रिस्टियानो रोनाल्डोसँगको कडा प्रतिस्पर्धाले उनको फर्म कहिल्यै खस्कने भने हरेक वर्ष उनको व्यक्तिगत उपाधिहरु थपिँदै गए । मात्र १८ वर्षको उमेरमा अर्जेन्टिनी खेलाडीले सन् २००५ मा आफ्नो पहिलो व्यक्तिगत उपाधि जितेका थिए ।

हल्याण्डमा आयोजित फिफा वर्ल्ड युथ च्याम्पियन्सीपमा सबैको ध्यान आकर्षित गरेका उनले प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा गोल्डन बल जिते । योसँगै उनले अर्जेन्टिनामा पहिलो ओलम्पिया डे प्लाटा ट्रफी – वर्षको उत्कृष्ट अर्जेन्टिनी फुटबलर जिते । यो उपाधि उनले ११ पटक जितिसकेका छन् । फ्रांक राइकार्डको नेतृत्वमा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका मेस्सी केही समयमा क्याम्प नाउमा लोकप्रिय बने ।

सन् २००६, २००७ र २००८ मा उनले थप १९ उपाधि हात पारे । ला लिगाको उत्कृष्ट ल्याटिन अमेरिकी खेलाडीलाई दिइने द ट्रोफेओ ईएफई उपाधि २० वर्ष उमेरमा नै हात पारिसकेका थिए । सकर म्यागजिनमा उनी लगातार तीन पटक विश्वकै उत्कृष्ट खेलाडी जिते ।

पछिल्लो ११ वर्षमा उनी हरेक वर्ष फिफा फिफप्रो विश्व ११ मा समावेश भएका छन् । सबै फुटबलरको लक्ष्य हुन्छ बालोन डि’ओर जित्ने । तर, उनी एक्लैले यो उपाधि पाँच पटक जितेका छन् । यो उपलब्धि रोनाल्डोले मात्र बराबरी गरेका छन् ।

सन् २००७ यता काकाले यो उपाधि जितेपश्चात अन्य कुनै खेलाडी यो उपाधिको नजिक पुग्न सकेका छैनन् । मेस्सीलाई अहिलेसम्मकै उत्कृष्ट खेलाडी मानिन्छ तर आश्चर्यजनकरुपमा ला लिगाको प्लेयर अफ द मन्थ मात्र चार पटक जितेका छन् त्यो पनि पछिल्लो ६ महिनामा ।

यतिमात्र होइन स्पेनमा उनको सफलतालाई विभिन्न संस्थाले पुरस्कृत गरेका छन् । गत सिजन मेस्सीले ३६ ला लिगा खेलमा ३४ गोल गरे । सिजनको शुरुवातमा नै घाइते भए पनि उनले सो उपलब्धि पुनः यो सिजन हासिल गर्ने अपेक्षा गरिएको छ ।

गोल्डन बुट उनको लागि कुनै नौलो होइन । च्याम्पियन्स लिगमा पनि सन् २०११ को वेम्बली फाइनलपछि उनले दुई व्यक्तिगत उपाधि हासिल गरे । मेस्सीले जितेका उपाधिहरुः



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖