नेपाली भुमिमा रेल लिग निर्माण कार्य अन्तिम चरणमा, मंसिरको अन्तिमसातादेखि रेल कुद्ने !
काठमाडौं । मंसिरको अन्तिमसाताबाट नेपालमा रेल सञ्चालन हुने भएको छ । जनकपुर–जयनगर क्षेत्रमा लिक निर्माण भएकाले भारतसँग भाडामा लिएर रेल सञ्चालनमा ल्याउने सरकारी तयारी रहेको छ । नेपाल–भारत ‘क्रस बोर्डर रेल वे’ का लागि ५ स्थान तय गरिएको छ ।
सन् २०१० मा नेपाल र भारतबीच क्रस बोर्डर रेल वे का ५ लिक विस्तार गर्ने समझदारी बनेको थियो । समझदारी अनुसार दुई वटा लिक निर्माणको अन्तिम चरणमा छ ।
रेल मार्ग निर्माणको तयारी : न्यूर्जाइगोटी–काकरभिट्ट, जोगमनी–विराटनगर, बर्दिवास–जयनगर–जनकपुर, नौतनवा–भैरहवा–नेपालगञ्ज
भारतको न्युर्जाइगोटीदेखि काकरभिट्टा, जोगमनीदेखि विराटनगर, जयनगरदेखि जनकपुर–बर्दिवास, नौतनवादेखि भैरहवा र नेपालगञ्जसम्म रेल सेवा विस्तार गर्ने सम्झौता भएको थियो ।

निर्माणको अवस्था : वर्दिवास–जनकपुर–जयनगर – ६९ किलोमिटर, निर्माण सम्पन्नः जयनगरदेखि कुर्थासम्म– ३४ किलोमिटर । विराटनगर वदनाहा–कटहरी– १८ किलोमिटर, निर्माण सम्पन्नः १३ किलोमिटर
६९ किमी रहेको वर्दिवास–जनकपुर–जयनगर खण्डको ३४ किमी जयनगरदेखि कुर्थासम्मको रेल मार्ग निर्माण सकिएको छ । पूर्वतर्फ जोगमनी विराटनगर वदनाहा देखि कटहरी सम्म १८ किमी मध्ये १३ किमी नेपाली भुमिमा पनि रेल लिग निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । रेल मार्ग निर्माण भएपनि नेपालको आफ्नै रेल छैन ।
त्यसैले भारतसँग भाडामा लिएर जयनगरदेखि कुर्थासम्म रेल सञ्चालन गरिने भएको छ । नेपालमा निर्माणधिन रेलमार्ग गुड्ने रेल सिंगल लिगको हुने छ भने रेललाई पास दिन आवश्यकता अनुसार प्रत्येक स्टेशनहरुमा साईडिङको व्यवस्था गरिएको छ । करिब ५ किलोमिटर दुरीमा पर्ने गरी ७ वटा स्टेशन रहने छ ।
भारत सरकारको करिब ७ अर्ब अनुदानमा निर्माणाधिन जनकपुर जयनगर खण्डमा भारत कै रेल नेपाली भूमिमा भाडामा गुड्ने छ । – न्यूज २४ नेपाल ।


