जनआन्दोलनका नायक रुविन गन्धर्वको यो गीत सुनेर त्यसबेला गिरिजाबाबु र माधव नेपाल पनि डराएका थिए – हेर्नुहोस् मार्मीक प्रश्तुती
राज्यद्धारा अधिकार बिहिन बनाईएका सिमान्त भूई मान्छे जागेको बेला, तीनै भूई मान्छे मध्येको एक झ्याउरे ठिटो थियो– रुविन गन्धर्व ।
त्यही झयाउरे ठिटो जसका ओठ– भोक, रोग र अधिकार विहिनताको शोकमा ओठ कलेठी परेका थिए । जसको स्वर स्वतन्त्रता लुटिएपछि मुक्तिका लागि गर्जन गर्दथ्यो र गितमा विद्रोह ओकल्थ्यो । जसले जनताको अधिकार प्राप्तिको आन्दोलनमा आफ्नो भूमिका स्पस्ट पार्यो र आफुलाई गणतन्त्रको कित्तामा ल्याई पुर्यायो । एकातर्फ उसको सारङ्गी र अर्को तर्फ राज्यको गोलिका बीच उसले सारङ्गी अंगाल्दै राज्यको हतियारलाई चुनौति दिई रह्यो ।
जनआन्दोलनमा लोक गायकको भूमिका निभाएका रुविन आफुलाई दुई विशेषणले चिनाउन चाहन्छन् । पहिलो जनआन्दोलनको गायक र दोस्रो समाजसेवी ।

रुविन आफुलाई एमालेको विचारमा आस्थावान भन्न रुचाउँछन् । तर उनले आफ्नो विचार जहाँ भएपनि आफुलाई माया गर्नेहरु हरेक पार्टीमा भएको बताउँन पनि पछि पर्दैनन् । उनले राजनीतिलाई पनि नजिक देखि निहाली रहेको भन्दै नेपाल सवै जातिको साझा फुलबारी भएको बताउछन ।
त्यसबेला राजधानीको रातो घर हुँदै मेची र डडेलधुरासम्म रेटिने सारङ्गी फगत सारङ्गी थिएन । त्यो त जनताको प्रतिकात्मक विद्रोहको रेटाई थियो । सारङ्गी रेट्दै उनी सम्झन्छन्– ‘राजा विरोधी गीत सुनेर त्यसबेला गिरिजाबाबु र माधव नेपाल पनि डराएको, प्रहरीले सारङ्गीनै फुटाईदिएको, रामचन्द्रको टाऊको नै फूटेको ईत्यादि ’ । विगतलाई स्मरण गर्दै गाएको उनको मार्मीक प्रश्तुती हेर्नुहोस्
https://youtu.be/-BKQQHrGh08


