‘प्रचण्ड’लाई बुद्ध एयरले धोका दिएपछि…

प्रकाश सिग्देल । चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुद्ध एयरको बिमानले धोका दिएपछि उहाँ विमानस्थलबाट फर्कन बाध्य बन्नु भएको छ । काठमाण्डौंबाट भरतपुर उड्ने जहाज समयमा नउडेपछि विमानस्थलबाटै प्रचण्ड फर्किन बाध्य हुनु भएको हो ।

जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको स्थानीय पूर्वाधार विकास साझेदारी सम्बन्धि परामर्श बैठकमा सहभागी हुन आज उहाँ आउँदै हुनुहुन्थ्यो । उहाँ चितवन क्षेत्र नं. ३ का सांसद समेत रहनु भएको छ । बुद्ध एयरको बिहान १० बजेको जहाजमा उहाँ भरतपुर आउने कार्यक्रम रहेको थियो । सोही एयरलायन्सको ३ः१५ बजेको जहाजमा फर्किने कार्यक्रम रहेकोमा काठमाडौंबाट जहाज उड्न ढिलाई गरेपछि उहाँ फर्किनु भएको हो ।

उहाँ करिव १ घण्टा बढी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बसेर फर्कनु भएको हो । भरतपुर महानगरपालिकाका प्रमुख समेत रहनुभएकी उहाँकी छोरी रेणु दाहालले काठमाण्डौं विमानस्थलमा एक घण्टा बस्दा पनि जहाज नउडेपछि काठमाडौंमा रहेको अर्काे कार्यक्रमलाई समेत प्रभावित हुने देखेर उहाँ फर्किनु भएको बताउनुभयो । काठमाण्डौंको मौसम बिहानैदेखि सफा रहेको थियो । चितवनको बिहान ९ः५८ मा मौसम सफा थियो ।

बुद्ध एयरले अन्यत्र विमान पठाएका कारण भरतपुर आउन ढिलो भएको बताईएको छ । बुद्ध एयरका भरतपुर प्रबन्धक भक्तबहादुर बस्नेतले दाहाल आधा घण्टा बसेर काठमाण्डौंबाट फर्किनु भएको बताउनुभयो । अन्य यात्रु विमानमा चढाएको भए पनि हवाई ट्राफिकका कारण उडाउन नसकेको बस्नेतको जिकिर छ ।

काठमाण्डौंबाट अन्य कम्पनीका जहाज भरतपुर अवतरण र उडान भईसकेपछि मात्रै १२ः१५ मा बुद्धको सो जहाज अवतरण गरेको थियो । तालिका अनुसार जहाज उडान नगरेका कारण बुद्ध एयरको विश्वसनीयता कमजोर बन्दै गएको छ । यो बुद्ध एयरको बिगत वर्षाै देखिको समस्या हो । बुद्ध एयरको टिकट काटेका यात्रुहरुले बुद्ध एयरले सधै डिले गर्ने र एरर्पाेटमा घण्टौ कुराउने गरेको गुनासो गर्ने गरेका छन् । अन्य जहाजमा टिकट नपाईएका कारण बाध्य भएर बुद्धमा चड्नु परेको धेरै यात्रुको गुनासो हुने गरेको छ ।

प्रचण्डको पत्रकार सम्मेलनका लागि भरतपुर बिमान स्थल पुग्नु भएका नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारीले एक घण्टा बढि बिमान स्थलमा कुरेर बस्दा पनि जहाज नआएपछि फर्किएको बताउनु भयो ।

प्रचण्ड ११ बजे भित्रै भरतपुर अवतरण हुने भन्दै केही नेता कार्यकर्ता पनि १० बजे नै विमानस्थल पुगेका थिए । दाहाल परिवार चितवन आउँदा यस अघि अन्य कम्पनीको जहाजमा आउने गर्नुहुन्थ्यो । यस पटक पनि यति एयरलाइन्सको टिकट नपाएपछि चार जनाका लागि बुद्धमा टिकट काटिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।