सुसले मिलायो ६१ बिवाद !
धनकुटा खबर । सामूदायिक मेलमिलापकर्ता समाज नेपाल(सुस)ले धनकुटाको ६१ ओटा विबाद समाधान गरको छ ।
शनिबार आठौ साधारण सभामा संस्थाले गत आव ०७४÷०७५ प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उक्त जानकारी दिएको हो ।
कार्यक्रममा संस्थाका सचिव निलबहादुर थापाले स्थानीय स्तरमासाधसीमाना,अंशवण्डा,पानीकूलो,लेनदेन चरिचरण,गालि बेईजज्ती लगायतका समस्या समाधान गरेको जानकारी दिनुभयो ।
२०६६ सालमा स्थापना भएको यस संस्थाले हाल जिल्लाका सात वटै स्थानी तहमा मेलमिलाप सेवा दिईरहेको संस्थाका अध्यक्ष मुकुन्दप्रसाद अधिकारीले जानकारी दिएनुभयो ।

समाजले हाल सम्मा जिल्लामा १ हजार ६ सय ९८ ओटा बिबाद समाधान गरेको तथ्यांक छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका सदस्य डागमकुमार राई,मेलमिलाप अनुगमन सदस्य धनबहादुर खड्का,रेडियो भेडेटारका स्टेशन मेनेजर खगेन्द्र घिमिरे लगायतले बोल्नुभएको थियो ।


