विप्लवको ‘जनअदालत’मा एक हजार मुद्दा !

काठमाडौं २ मंसिर । विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा एक हजार मुद्दा दर्ता भएको जनाएको छ ।

सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेन लगायत रहेका छन् । तीमध्ये आठ सय मुद्दा टुङ्ग्याई सकिएको उक्त पार्टीले जनाएको छ ।

उक्त पार्टीका विद्यार्थी नेता मदन केसीले सरकार मातहत रहेका अदालतले टुङग्याउन नसकेका मुद्दाहरु टुङ्ग्याउन थालेकाले ‘जनअदालत’ प्रति आकर्षण बढेको दावी गर्दै थप्नुभयो–‘जनअदालतमा घरायसी झग्डा, भ्रष्टाचार, ठगी, लेनदेन जस्ता मुद्दा दर्ता छन् ।

हामीले सजिलै ती मुद्दाहरुको अध्ययन गरेर जनताको काम गरिरहेका छौं । ’ जनअदालतहरु सवै स्थानीय तहमा गठन गरिएका छन् । तुलसीपुर उपमहानगरपालिका १८ का रमेश राणाको जग्गा वैङकमा धितो छ । रमेशले आफन्तीलाई जग्गा राख्न दिएपछि आफन्तीले बैङकमा जग्गाधितो राखेर ऋण खाए ।

तर, धितो फुकेन । फलस्वरुप जग्गा पाउँन भन्दै निवेदन लिएर नेकपाको जनसरकार कहाँ धाए । नेकपाका नेता नविन वलीले रमेशलाई भने– ‘नआत्तिनुस तपाईको समस्या समाधान गर्छौ । ’ केन्द्रिय जनअदालत अन्तर्गतको जनसरकार प्रमुख सन्तोष बुढामगर र न्याय विभाग प्रमुखका रुपमा आदर्श रहनुभएको छ ।

वडाध्यक्षदेखि प्रहरी उच्चनिकायका प्रमुख लगागतका विरुद्ध समेत देशैभरबाट यस्ता मुद्दा दर्ता भएका छन् । -नेपाल समाचारपत्र दैनिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।