चितवनमा भेटिएका अचम्मका व्यक्ति !, यस्तो छ अरुभन्दा फरक देखिन खोज्ने फुर्साङको कहानी (भिडियो सहित)
सामाजिक सञ्जालमा भाइरल हुन पछिल्लो समय मानिसले अनेक तरिका रचिरहेका छन् । अधिकांश व्यक्ति आफ्नो प्रतिभाका कारण नै सामाजिक सञ्जालमा भाइरल भएका देखिन्छन् ।
शारिरीक बनोटका साथै प्रतिभाका कारणले पनि कतिपय व्यक्ति चर्चाको शिखरमा छन् । यी नै मध्येका एक जोडी हो- बखत बिष्ट र प्रतिभा चौधरीको । उनीहरुको जोडीले अहिले सामाजिक सञ्जाल तताएको छ । उनीहरुका हरेक भिडियो युट्युबमा सर्वाधिक अगाडि छन् ।
यसैबीच, एउटा अर्का व्यक्ति पनि केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी व्यक्ति हुन्- चितवनका फुर्साङ बोमजन । फरक अनुहारकै कारण उनी चर्चाको शिखरमा छन् । फूसाङको अनुहार पाकृतिक रुपले भने यस्तो होइन ।

फुर्साङले नै आफ्नो अनुहार यस्तो बनाएका हुन् । अरुभन्दा फरक हुन खोज्ने फुर्साङले यस्तो अनुहार बनाएको धेरै भएको छैन । करिब चार महिनाअघि मात्र उनले यस्तो अनुहार बनाएका हुन् । फूसाङले कान, जिब्रो, नाक, गाला, ओठलगायत अनुहारका धेरै भागमा छेडेका छन् र मुन्द्रा लगाएका छन् ।
फुर्साङको यस्तो भिन्न किसिमको लुक्सले प्रहारी खोरसम्म पुगे पुगेको बताए। आफ्नो यस्तो लुक्स देखादा ममीले झुण्डिएर मर्ने सम्म भन्नु भएको बताए । कुलतको नसामा लागेर मरेर फेरी पुन जन्म पाएको बताउने फुर्साङ आफुले जिन्दगीमा धेरै गल्ति गरेको र अब तेस्तो गल्ति नगर्ने भन्दै कुलतमा लागेको युवालाई सहि बाटोमा हिन्न आग्रह गरेका छन्।
फुर्साङले यस्तो अनुहार कसरी बनाए ? यस्तो अनुहार बनाउनको कारण के हुन् ? कस्तो गाह्रो छ यस्तो अनुहार बनाएर समाजमा घुलमिल हुन ? लगायत थुप्रै प्रश्नको जवाफ सुन्न र हेर्न यो भिडियो हेर्नुस्


