मानव अधिकार पुस्तकमा धनकुटाबाट ३ दर्जन घटना समावेश
धनकुटा खबर । अनौपचारीक सेवा केन्द्र (ईन्सेक) ‘नेपाल मानव अधिकार बर्ष पुस्तक’ सन् २०१९ मा धनकुटाबाट ३६ वटा मानव अधिकार उलंघनका घटनाहरु समेटिने भएको छ ।
सन् २०१८ मा नेपाल भरीमा मानवअधिकारका क्षेत्रमा घटेका घटनाहरु छनौट गरी समेटेर प्रशासन हुन लागेको पुस्तकमा उक्त घटनाहरु प्रकाशन हुन लागेको हो ।
ईन्सेक क्षेत्रीय कार्यालय बिराटनगरले आईतबार धनकुटामा एक पूर्व समिक्षा कार्यक्रम गरेर धनकुटाबाट कुटपिट,बलत्कार,घरेलु हिंसा,आर्थिक,सामाजिक र साँस्कृतिक अधिकार हनन्का घटना समावेश गरिने जनाएको छ ।

पुस्तकमा धनकुटा जिल्ला प्रतिनिधि निरबहादुर थापाले संकलन गर्नुभएको हत्याका १,कुटपिटका ३,बलत्कार ७,घरेलु हिंसा १३ र आर्थिक,सामाजिक र साँस्कृतिक अधिकार हनन्का २ वटा मुख्य घटनाका समावेश गरिने भएको छ ।
ईन्सेक बिराटनगरका प्रतिनिधि पुण्य अधिकारीको अध्यक्षतामा भएको पुस्तक समिक्षा कार्यक्रममा सरोकारवालाहरुले जिल्लाका स्थानिय ७ तह र सरोकारवालाहरुको सहकार्यमा तथ्यांक संकलन गर्न सुझाव दिएको छ ।
कार्यत्रलममा पूर्व सांसद गोपाल गुरागाईं,प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा,नेकपाका नेता सन्देश बिहानी,रेडक्रस धनकुटाका सभापति नरेन्द्र पोखरेल,पत्रकार महासंघका पूर्व अध्यक्ष यखगेन्द्र प्रसाद घिमिरेले लगाएतले सुझाव राख्नु भएको थियो ।


