‘संवैधानिक शिक्षा आयोग आजको आवश्यकता !’

धनकुटा । शिक्षा आयोगलाई संवैधानिक बनाउनु आजको आवश्यकता भएको नेपाल शिक्षक संघका राष्ट्रिय अध्यक्ष राजेन्द्र राज पौडेलले बताउनु भएको छ ।

नेपाल शिक्षक संघ धनकुटाले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उहाले यस्तो वताउनुभएको हो । उहाले शिक्षा ऐनलाई समयानुसार परिवर्तन गर्नु आवाश्यक रहेकोले शिक्षा क्षेत्रमा देखिएको विकृती विसंगतीलाई अन्त्य गर्नका लागी पनि शिक्षा आयोगलाई संवैधानिक बनाउनु पर्नेमा जोड दिनु भयो ।

नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई, नेपाल शिक्षक संघ धनकुटका पूर्व सचिव हरी दाहाल,सहसचिव शोभा दाहाल, मछिन्द्र राई,महालक्ष्मी नगर कार्य समितिका अध्यक्ष चकेन्द्र वस्नेत लगायतले शिक्षकहरुको पेशागत हकहितका साथै गुणस्तरीय शिक्षा आजको आवाश्यक्ता रहेको वताउनु भयो । भने कार्यक्रमको संचालन अर्थ सचिव रोहिणी पाण्डेले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक संघका राष्टिय उपाध्यक्ष भरत लम्साल,महासचिव सोमनाथ गिरी,नेपाल शिक्षक संघ प्रदेश नम्वर २ का अध्यक्ष मेघनाथ यादव,प्रदेश नमवर ३ का अध्यक्ष नारायण तिम्सिना,प्रदेश नम्वर १ का अर्थ महासचिव राम कुमारी भण्डारी,भोजपुर जिल्ला कार्यसमितिका अध्यक्ष ज्ञानराज खुलाल,धनकुटाका सचिव धन कुमार राई,अर्थ सहसचिव बिमला सन्तोषी राई, घनश्याम बराल,लक्ष्मी सापकोटा ,रामचन्द्र अधिकारी,प्रदिप खतिवडा लगायत नेपाल शिक्षक संघ धनकुटाका सदस्यहरुको सहभागीहरुले शिक्षकहरुको पेशागत अधिकार र अहिलेको वर्तमान अवस्था,संगठन विस्तार तथा सुदृढीकरणको विषयमा अन्र्तक्रिया गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।