भारतीय चर्चित शो सारेगामापामा नेपालकी मेनुकाको अर्को कमाल !, प्रीति जिन्टा पनि फ्यान, अर्को चरणमा प्रवेश (भिडियो सहित)

काठमाडौं । नेपालकी एक युवती मेनुका पौडेल अब पहिचानका लागि कुनै विशेषण थप्नु पर्ने अवस्थामा छैनिन् ।

नेपालको नेपाल आईडलबाट आउट भएपछि भारतीय रियालिटी शो सारेगामापामा प्रवेश गरेकी उनी लगातार दमदार प्रस्तुती दिएर जज र जुरी मेम्बरकोमात्र मन जितिरहेकी छैनन्, दर्शक तथा श्रोता, र कार्यक्रमका अतिथिलाई पनि आफ्नो स्वर र कलाको फ्यान बनाएकी छन् ।

आइतबार उनले आफ्नो फ्यान सूचीमा डिम्पल गर्ल प्रीति जिन्टालाई पनि थपिन् । आइतबार सारेगापामा मेनुकाले ‘पिया बाबरी’ बोलको गीत गाएकी थिइन् । अलि शास्त्रीय जनरको यो गीतमा मेनकुराले जुन सरगम गाएकी थिइन्, त्यसले जजलाई निकै इम्प्रेसिभ गरेको थियो ।

मेनुकाले जारी शो मा आइतबार दिएको प्रस्तुति सबैभन्दा राम्रो थियो । कार्यक्रममा सबै जज र जुरी मेम्बरले उठेर उनलाई हौसला दिएका थिए । टप फिप्टीनको सो प्रतिस्पर्धामा उनले जुरी मेम्बरबाट ९९.३ प्रतिशत अंक प्राप्त गरिन् ।

मेनुकाले प्रस्तुति दिएपछि अभिनेत्री प्रीतिले उनको खुलेरै प्रशंसा गरिन् । जज तथा जुरी मेम्बरको माया त मेनुकाले पाइरहेकै छिन् । आइतबार उनले प्रीतिलाई पनि ‘प्रित’ लगाइन् । प्रीतिले उनलाई मनबाटै गाएको भनेकी थिइन् । उनले मेनुकलाई बधाईसमेत दिइन् । भनेकी थिइन् । कार्यक्रममा जुरी मेम्बरबाट ९९.३ अंक पाएकी मेनुका टप १४ मा प्रवेश गरिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।