प्रधानमन्त्री आफैं अनुगमनमा !, बुधबार देखि २१ वटै मन्त्रालयले गरेका कार्य र भावी योजनाबारे अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि (बुधबार) देखि विभिन्न मन्त्री, सचिव र मन्त्रालयले गरेका कामबारे अनुगमन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्ष २०७५÷०७६ को प्रथम चौमासिकमा मन्त्री र सचिवहरूले गरेका कामबारे गहन अनुगमन गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

अधिकांश मन्त्री, सचिव र मन्त्रालयका कर्मचारीको कार्यसम्पादन प्रभावकारी र गतिशील हुन नसकेको भन्दै सर्वत्र गुनासो आइरहेको अवस्थामा प्रधानमन्त्री ओली आफैंले अनुगमन गर्न लागेका हुन् । ओली केही मन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको राजधानी दैनिकमा खबर छ ।

प्रधानमन्त्री ओलीले २१ वटै मन्त्रालयले सम्पन्न गरेका कार्य र तिनका भावी योजना र कार्यक्रमबारे अनुगमन गर्ने प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयले यसअघि नै सबै मन्त्रालयले गरेका कार्यको विवरण अनलाइनमार्फत हेर्न सक्ने गरी सफ्टवेयर विकास गरिसकेको छ । प्रधानमन्त्री कार्यालयमा सबै सचिवले चौमासिक तथा वर्षभरि गर्ने कार्यक्रम र योजनाको सबै विवरण दुई महिनाअघि नै बुझाएका थिए । प्रधानमन्त्री ओलीले सचिवहरूले बुझाएको कार्यक्रम र योजना कार्यान्वयनमा ल्याए नल्याएको र त्यसले जनतामा पारेको प्रभावबारेसमेत अनुगमन गर्ने कार्यालयका प्रवक्ता कुँवरले बताए ।

स्रोतका अनुसार अधिकांश मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा चौमासिक प्रगति विवरण बुझाइसकेका छन् । तर, सो प्रगति विवरण चित्तबुझ्दो नरहेको जनाइएको छ । मन्त्रालयले गरेका कामको अनुगमनका आधारमा प्रधानमन्त्रीले मन्त्री र सचिवको कार्यसम्पादन मूल्यांकनसमेत गर्ने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।