छोरा प्रकाशको यादले धरधरी रोइन प्रचण्ड पत्नी, प्रचण्ड पनि बेस्सरी भक्कानिए (भिडियो सहित)

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको स्मृतिमा कार्यक्रमको आयोजना गरिएको छ । गत वर्ष आजकै दिन प्रचण्ड पुत्र प्रकाश दाहालको हृदयघातका कारण निधन भएको थियो । प्रचण्ड निवास खुमलटारमा आयोजित कार्यममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, नेकपाका नेता कार्यकर्ताको बाकलो उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नफर्किने कुरामा वा सच्याउन नसकिने कुरामा शोक मात्रै लिएर बस्न नहुने बताउनुभयो । स्वर्गीय प्रकाश दाहालको प्रथम स्मृति सभामा प्रधानमन्त्री दाहालले शोकलाई शक्तिमा बदलेर अगाडि बढ्नु आवश्यक रहेको भन्दै प्रकाशको निधनका बेला परिवारले देखाएको संयमताको प्रशंसा गर्नुभयो । देशका लागि र समग्र नागरिकका लागि अगाडि बढाउने कुरामा योगदान गरेर देखाउनु नै साँचो अर्थमा स्वर्गीय दाहालप्रतिको श्रद्धाञ्जली ठहर्ने बताउनुभयो ।

‘सम्झना आइरहन्छ, पीडा त भइरहन्छ, त्यसले पीडा मात्रै हुने हो तर परिस्थिति त परिवर्तन हुने होइन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर यो भन्दै गर्दा फेरि पनि पीडा त भइरहन्छ, तर त्यसलाई संयमका साथ जीवनलाई गतिशील बनाएर अगाडि बढाउनु पर्छ । त्यसका लागि म आग्रह पनि गर्न चाहन्छु ।जीवनलाई गतिशील बनाइरहनु पर्छ ।

देशले पनि, परिवारले पनि अनि आफन्तले पनि त्यही ढंगले लिनुपछर्’, प्रधानमन्त्रीले भन्नुभयो ।कसलाई कसरी व्यवहार गर्ने, पार्टीको गतिविधिको जानकारी कसरी व्यवस्थित बनाउने भन्नेमा प्रकाश दाहालको भूमिका प्रशंसायोग्य रहेको प्रधानमन्त्री ओलीले सम्झनुभयो ।प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो, ‘आज देशको परिस्थितिको बारेमा केही पनि बोल्न चाहन्नँ । आज श्रद्धाञ्जलीको अवसरमा अत्यन्तै आत्मीय ढंगले प्रकाशलाई सम्झन चाहन्छु ।

https://youtu.be/gsugk7twgMg



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।