ए डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत आज सम्पन्न खेलमा सङ्कटा क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सङ्कटाले जावलाखेल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

सङ्कटा प्रतियोगितामा लगातार दोस्रो पटक विजयी भएको हो । यसअघि सङ्कटाले सरस्वती युथ क्लबलाई १–० गोलअन्तरले हराएको थियो । सङ्कटाका लागि विदेशी खेलाडी सेड्रिक अबाले खेलको ५७औंँ मिनेटमा गोल गरेका हुन् । खेलको १९औँ मिनेटमा एलोन म्यास्कवेलले रातो कार्ड पाएपछि सङ्कटा १० खेलाडीमा सीमित बनेको थियो ।

खेलको ८५औँ मिनेटमा सेड्रिकले दोस्रो गोल गरे । उनी म्यान अफ द म्याचसमेत भए । जीतसँगै सङ्कटाले ६ अङ्क जोडेको छ । जावलाखेलको यो दोस्रो हार हो । पहिलो खेलमा जावलाखेल नेपाल पुलिस क्लबसँग १–० गोलले पराजित भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।