देउसी-भैलोको पैसा सरसफाईमा !
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका स्थित जोरपाटी बजारले तिहारमा देउसी-भैलोबाट संकलित रकम बजार सरसफाईमा खर्च गरेको छ ।
संकलित रकमबाट बजार ब्यबस्थापन समितिले ३५ हजार रुपैयाँ बरावरको १५ वटा डस्वीन खरिद र बजार सरसफाई कार्यक्रम गरेको हो । तिहारको देउसी कार्यक्रमबाट १ लाख ७ हजार रकम संकलन गरेको समितिका अध्यक्ष योगेन्द्र पूलामी मगरले जानकारी दिनुभयो ।
समितिको यस कामलाई प्रोत्साहन गर्न वडाले थप ५० हजार रकम दिने निर्णय गरेको वडा नं. २ का अध्यक्ष कृष्ण मगरले जानकारी दिनुभयो ।



