को हुन भारतीय प्रधानमन्त्री मोदीको छेउमा देखिने यी ब्यक्ति ? जसको एक आवाजमा लाखौं युवा एकत्रित हुन्छन (भिडियो सहित)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छेउमा देखिने यी ब्यक्ति को होलान ? प्रधानमन्त्री मोदीसँगै सामान्य पहिरनमा देखिएका यी व्यक्ति हेर्दा सर्वसाधारण गाउँले जस्ता देखिएपनि यिनको व्यक्तित्व भने असामान्य खालको छ ।
उनि हुन् भारतीय आणविक वैज्ञानिक डाक्टर सम्भाजी भिडे अर्थात मनोहर भिडे । उनको जन्म १९३४ महाराष्ट्रमा भएको हो । ८४ बर्षका भएर पनि जोश २०-२५ बर्षको युवाको जस्तो छ जसको एक आवाजमा ४-५ लाख युवा एकत्रित हुन्छन । संभाजी भिडे मराठा सम्राट छत्रपति शिवाजी महाराजका अनुयायी हुन ।

पुने युनिभर्सिटीबाट एटमिक फिजिक्समा एम.एस.सी गरेका उनले गोल्ड मेडल पाएका र सय भन्दा बढी राष्ट्रिय-अन्तरराष्ट्रिय पुरस्कारले सम्मानित भैसकेका उनि नासाका सल्लाहाकार पनि हुन् । उनी कहिल्यै जुत्ता चप्पल लगाउँदैनन् र कार पनि चढ्दैनन । उनीसँग जे थियो सबै दान दिए ।
सँधै सेतो खाँडीको लुगा लगाउन मन पराउँछन् उनी । समाज सेवामा व्यस्त रहने उनी हालै भिमा कोरेगाऊं हिंसा अभियोगमा पक्राऊपरी मुक्त भएका छन । सम्भाजी भिडे जस्ता व्यक्तित्वहरूबाट आफूलाई बुद्धिजिवी हौं भनेर गर्व गर्ने सुकिला मुकिला वरिष्ठहरूले पनि केहि प्रेरणा लिन सके राम्रै हुन्थ्यो ।


