व्यावसाय संचालनका लागि अनुदान पाउने भएसंगै बसाई सराई आउन थाले

धनकुटा खबर । तेह्रथुको छथरगाउँपालिकाले बसाई सरेर आउने नागरीक लाई १ लाख देखि ५ लाख सम्म व्यावसाय संचालनका लागि अनुदान दिने निती ल्याए संगै यस गाउँपालिकामा अन्य स्थानबाट बसाई सरेर आउन थालेका छन् ।

गाउँपालिकाले यो निती लागु गरे संगै केहि महिनामा नै धनकुटा, मोरङ्ग, सुनसरी लगायतका जिल्ला बाट १० घर परिवार बसाई सराई गरि छथरगाउँपालिका आएको छथरगाउँपालिका तेह्रथुमका अध्यक्ष सन्तवीर लिम्बुले जानकारी दिए । उनले भने अहिले १० घर परिवार बसाई सरेर आई सक्नु भएको अन्य केही परिवार पनि चाडै आउने सम्पर्क भई रहेको छ ।

गाउँपालिका बाहिर बाट आउने १० घर परिवारले व्यावसायीक योजना समेत गाउँपालिकामा बुझाई सक्नु भएकोले घोषित रकम पनि ती परिवार लाई चाडै उपलब्ध गराउने अध्यक्ष लिम्बुले बताए । यसरी पेश गरिएका योजनामा सिलाई बुनाई , बाख्रा पालन लगायतका व्यावसाय रहेका छन् ।

आर्थिक बर्ष २०७५-७६ निती तथा कार्यक्रमा समाबेस गरिएको कार्यक्रमका लागि १० रकम छुट्याएको र बसाई सरेर आउनेको आधारमा कोषको रकम लाई वृद्धि गर्दै लगिने गाउँपालिकाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖