महिला फुटबल : प्रदेश ७ विजयी !

काठमाडौँ, ५ मङ्सिर । छैटौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा प्रदेश नं ७ विजयी भएको छ ।

भद्रकालीस्थित आर्मी हेडक्वाटरको खेल मैदानमा भएको खेलमा प्रदेश नं ७ ले प्रदेश नं १ लाई एकका बिरुद्ध दुई गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । प्रदेश ७ को जितमा निलम सिंहले गोल गरिन् । उनले खेलको पहिलो हाफको ४१ औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिइन् ।

त्यस्तै प्रदेश नं १ की खेलाडी इमा राईले खेलको ८१ आँै मिनेटमा एक गोल फर्काउँदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याइन् । तर त्यो एक÷एक गोलको बराबरी लामो समयसम्म टिक्न सकेन ।

प्रदेश ७ की अर्की खेलाडी अस्मीता चौधरीले खेलको ८७ औँ मिनेटमा एक गोल थपेपछि प्रदेश ७ को जित सुनिश्चित भयो ।

विभिन्न १२ टोलीले सहभागिता जनाएको उक्त प्रतियोगिताको उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले गर्नुभयो । उहाँले आजको खेलको मुख्य रेफ्री माया लामालाई बल प्रदान गर्दै उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगिता तीन विभागीय टोलीसहित भारतका दुई टोली विहार र सिक्किम तथा सात प्रदेशको सहभागिता रहेको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा त्रिभुवन आर्मी क्लब, प्रदेश नं १, प्रदेश नं ७, प्रदेश नं ५, प्रदेश नं २ र भारतको विहार टोली छन् । त्यस्तै समूह बी मा सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल प्रहरी क्लब, प्रदेश नं ४, प्रदेश नं ३, प्रदेश नं ६ र भारतको सिक्किम छन् । प्रतियोगितामा विजेता टोलीले रु तीन लाख पाउनेछन् भने उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु ५० हजार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ । भोलि समूह ए बाट प्रदेश नं ५ र प्रदेश नं २ भिड्नेछन् भने समूह बीबाट सशस्त्र प्रहरी बल (एपिएफ) र प्रदेश नं ४ बीच खेल हुनेछ । (फाईल फोटो)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।