स्वास्थ्य मन्त्रीलाई राजीनामा बुझाएका वीर अस्पतालका प्रा.डा.अधिकारीले ऐन मिचेको तथ्य फेला

काठमाडौं । स्वास्थ्य मन्त्रीलाई राजीनामा बुझाएका वीर अस्पतालका प्राध्यापक डाक्टर ध्रुवराज अधिकारीले ऐन मिचेको तथ्य फेला परेको छ ।

हिजो अधिकारीले चाकडी र घुस दिन नसकेको भन्दै राजीनामा बुझाएका थिए । वीर अस्पतालमा कार्यरत अधिकारीले नेपाल स्वास्थ्य सेवा ऐन विपरित निजी अस्पतालमा समेत काम गरेको पाइएको छ ।

अधिकारीले विनायक, ग्लोबल अस्पताल सहित विभिन्न क्लिनिकमा काम गर्ने गरेको भेटिएको छ । सरकारी अस्पतालमा कार्यरत् कर्मचारीले विना जानकारी निजी अस्पतालमा काम गर्न नपाउने प्रावधान रहेको छ ।

त्यस्तै स्वास्थ्य सेवा ऐनको परिच्छेद ४ मा बढुवा वा पदस्थापन भएको कर्मचारी खटाएको स्थानमा हाजिर हुनुपर्ने व्यवस्था गरेको छ । अधिकारी काठमाडौंका विभिन्न निजी अस्पतालमा कार्यरत् समेत रहेका कारण काठमाडौं बाहिर जान नखोजेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

८ औं तहमा कार्यरत् डाक्टर अधिकारीलाई नवौं तहमा बढुवा भएपछि गत चैत १८ गते पोखरामा पदस्थापना गरिएको थियो । वीर अस्पतालमा नवौं तहको दरवन्दी खाली नभएपछि उनलाई पोखरा क्षेत्रीय अस्पतालमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । न्यूज २४ नेपाल ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖