गृहमन्त्री भेट्न पुगेका पूर्वमाओवादी लडाकुले गृहमन्त्रालयमै खाए विष

काठमाडौं । एक पूर्वमाओवादी लडाकुले गृहमन्त्रालयमा बुधबार विष खाएका छन्। दिउँसो चारबजेपछि त्रिवेणी नगरपालिका २ कालिकोट घर भएका ३२ वर्षीय पूर्वलडाकु कुलप्रसाद भट्टराईले विष खाएको सिंहदरबार प्रहरीले जनाएको छ।

सिंहदरबार वृत्तका प्रहरी सहायक निरीक्षक भीमबहादुर थापाका अनुसार दिउँसो ४ बजेर १५ मिनेट जाँदा भट्टराईले नाम नखुलेको किटनासक विष खाएका हुन्। विष खाएपछि बेहोस् भएका भट्टराईलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको छ।

थापाका अनुसार विष खाएका भट्टराईको अझैसम्म होस खुल्न सकेको छैन। पूर्वलडाकु भट्टराई गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न गृहमन्त्रालयमा पुगेका थिए।

गृहमन्त्रीसँगको भेटमा भट्टराईले आफू घाइते भएको र केही गर्न नसक्ने बताउँदै विष खाने धम्की दिएपछि उनलाई प्रहरीले बाहिर निकालेको थियो। भट्टराईलाई गृहमन्त्रालयबाट बाहिर निकाले लगत्तै विष खाएको अनुमान प्रहरीको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।