द भ्वाइस अफ नेपालबाट बाहिरिए लगत्तै तेजिन्द्र गन्धर्वको गीत ‘साँईलीरीमई’ बजारमा (भिडियो सहित)
चर्चित गायन रियालिटी शो “द भ्वाइस अफ नेपाल”बाट बाहिरिएलगत्तै तेजिन्द्र गन्धर्व आफ्नै जीवनकथा बोकेको गीत ‘साँईलीरीमई’ लिएर आएका छ। निकै संघर्ष गरेर अगाडी बढेका तेजेन्द्र अन्तत उनि बाहिरिनुनै पर्यो ।
द भ्वाईस अफ नेपालमा निर्मला हत्याकाण्ड बारे गीत गाएर चर्चित भएका तेजिन्द्रको ‘साँईलीरीमई”गीतमा उनि आफैले अभिनय गरेका छन भने गीतको शब्द डि. पी खनालको छ भने संगीत शंकर थापा ‘स्माइल’को रहेको छ भने उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ ।
ललितपुरको रमणीय छेत्र डुकुछापमा खिचिएको भिडियोमा अनिल के मानन्धरको छायांकन बिकास ज्ञवालीको सम्पादन र बिकाश सुवेदीको निर्देशन रहेको छ। ‘साँईलीरीमई’ गीत र भिडियोलाई डश म्युजिक नेपालप्रालीले प्रस्तुत गरेको हो। भोजपुर घर भएका तेजिन्द्र गन्धर्व गत शनिबार द भ्वाईस अफ नेपालबाट आउट भएका थिए। भिडियो हेनुहोस्


