यस्तो रोग जो कसैलाई पनि नलागोस्, उपचारमा सबै सम्पत्ति रित्तिए पनि रोग निको भएन (हेर्नुहोस् भिडियो)

दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ४ का विनोद कार्की, जो जन्मजात नै एच.डी. ‘Hirshsprung’s Disease’ रोगसँग लडिरहेका छन् । उनी अहिले १९ वर्षका भए । तर अहिलेसम्म विनोदको आर्थिक अभावका कारण पूर्ण रुपमा उपचार हुन सकेको छैन । उपचार गर्दै जाँदा अहिलेसम्ममा २० लाखको हाराहारीमा खर्च भइसकेको विनोदको बुबा बालकुमार कार्की दुखेसो छ ।

अझैं पनि छोरा विनोदको पूर्ण रुपमा उपचार गर्नका लागि भारतको गंगाराम अस्पताल लैजान त्रि.वि. शिक्षण अस्पतालका डाक्टरहरुले सल्लाह दिइरहेका छन् । विनोदका बुबा बालकुमार कार्कीले आफ्नो छोराको उपचारको लागि भारतको गंगाराम अस्पताल लैजानका लागि पनि तयार छन्, तर उनिसँग उपचार गराउनका लागि आर्थिक अवस्था बलियो नभएकाले सहयोगी मनहरुलाई सहयोगको अपिल गरेका छन् ।

बिनोदका बुबाले भने, ‘‘छोराको उपचारको लागि गंगाराम अस्पताल लैजान २०/२२ लाख लाग्ने डाक्टरहरुले बताएका छन् । पछिल्लो समयमा आएर खान लाउनका लागि नै धौधौं परिरहेको समयमा कहाँबाट त्यत्रो ठुलो रकम ल्याउनु ? आफूसँग भएको सबै छोराकै उपचारमा खर्च भइसक्यो ।’’ उनले थपे, ‘‘यस्तो रोग कसैलाई पनि नलागोस् । मेरो छोराको बचाउको लागि सबै सहयोगी मनलाई सहयोगको अपिल गर्दछु ।’’हे भगवान्, हाम्रो छोरालाई बचाइदेऊ’ भन्दै आमा-बुवा रुदै आए मिडियामा, घरमा हुन्छ रातभरि रुवाबासी….हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।