मन्त्रीहरु जम्मा पारी प्रधानमन्त्रीले दिए निर्देशन,- आदेश दिनु पर्दैन, काम गरेर देखाउनुस् (भिडियो सहित)

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादनको गति बढाउन मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले कार्य सम्पादन गर्दा आदेश तामेलीको भर नपर्न पनि मन्त्रालयका मन्त्री र सचिवहरुलाई सचेत गराए । बिहिबार सिंहदरबारमा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, खानेपानी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण र वन तथा वातावरण मन्त्रालयको कार्य प्रगति विवरण सुनेपछि आदेश तामेली नभई विधिमा भर परेर कार्य सम्पादनको गति बढाउन सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन् ।

आदेश तामेलीमा भर नपरी विधिसम्मत ढंगले कामको गतिलाई तीव्रता दिन प्रधानमन्त्रीले मन्त्रालयहरुलाई निर्देशन दिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । त्यसै अवसरमा प्रधानमन्त्री ओलीले लक्ष्य अनुसार कार्य सम्पादन नगरेका मन्त्रालयहरुलाई दोस्रो चौमासिक समिक्षा बैठकमा उल्लेख्य कार्य प्रगति गर्न पनि आग्रह गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।