गगन थापाको ठोकुवा,- गृहमन्त्रीमा ‘बादल’ रहेसम्म निर्मलाको हत्यारा पत्ता लाग्दैन (भिडियो सहित)

महेन्द्रनगर । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले रामबहादुर थापा ‘बादल’ गृहमन्त्रीमा रहेसम्म निर्मलाको बलात्कार तथा हत्या प्रकरण निष्कर्षमा नपुग्ने र हत्यारा पनि पत्ता नलाग्ने ठोकुवा गरेका छन् ।

छोरीको हत्यारा सार्वजनिक गर्न माग राख्दै अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका घरपरिवारलाई भेट्न बुधवार कञ्चनपुर आइपुगेका कांग्रेस नेता थापाले यस्तो ठोकुवा गरेका हुन् ।

निर्मलाका परिवारसंग भेट गरेपछि कञ्चनपुर, काँग्रेसले तत्कालै आयोजना गरेको प्रत्रकार सम्मेलनमा बोल्दै नेता थापाले भने, ‘गृहमन्त्रीमा रामबहादुर थापा ‘बादल’ रहेसम्म यो प्रकरण निष्कर्षमा पुग्दैन र हत्यारा पनि पत्ता लाग्दैन ।’

‘म संसदमा बोलेको सम्झन्छु, मैले गृहमन्त्री बादलको क्षमतामाथि बादल लागेको भनेको थिएँ’ उनले भने, ‘एक/डेढ महिनायता भइरहेका एकपछि अर्को घटनामा गृहमन्त्रीले राख्दै गरेको कुराहरु सुन्दै गर्दा गृहमन्त्री बादलको क्षमतामाथि मात्र होइन, निर्मला जस्ता सयौं निर्मलाका बुवाआमाहरुमाथि गृहमन्त्री बादल कालो बादलका रुपमा मडारिनुभएको छ ।’‘यो कालो बादल नहटुन्जेलसम्म पानी पर्नेवाला छैन । पानी नपरेसम्म समाजका फोहोरहरु सफा हुदैनन्’ थापाले थपे ।

छोरीको हत्यारालाई प्रक्राउ गर्न माग राख्दै निर्मलाका परिवार ११ दिन देखि धर्ना बसेका छन् । उनीहरु जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा छन् । कांग्रेस नेता थापाले पनि त्यही पुगेर निर्मलाका बाबु आमालाई भेटेका हुन् ।

गत साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएपछि यसबीचमा देशका ठुला नेतादेखि अधिकारकर्मी कञ्चनपुर आउने क्रम जारी छ । यी सबैले निर्मलाका परिवारलाई सान्त्वना दिँदै हत्यारा छिट्टै पत्ता लाग्ने आश्वासन समेत दिइनै रहेका छन् ।

तर, घटना भएको ४ महिना हुनलाग्दा समेत स्वदेश देखि विदेशसम्म चर्चा पाएको निर्मलाको हत्यारा अझै प्रक्राउ पर्न सकेको छैन । यसै क्रममा नेपाली काँग्रेसका नेता गगन कुमार थापाले पनि बुधवार कञ्चपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको परिवारलाई भेटघाट गरेका छन् ।

छोरीको हत्यारालाई सार्वजनिक गर्न माग राख्दै ११ दिन देखि धर्ना बसेका निर्मलाका वुवा–आमालाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटमा पुगेर नेता थापाले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।

साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मलाको ११ गते उखुबारीमा शव भेटिएको थियो । सरकारले घटनाको विषयमा छानविन समिती गठन गरेको छ । समितीले हत्यारालाई प्रक्राउ गर्ने बताईरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।