डोटीमा स्कुल बस दुर्घटना : ज्यान गुमाउने संख्या १६ पुग्यो
इलाममा जीप दुर्घटना, २ मृत्यु
डोटी । डोटीको शिखर नगरपालिका –२, मा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा ज्यान गुमाउने संख्या १६ पुगेको छ ।
इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर रौलेले दिएको जानकारी अनुसार दुर्घटनास्थलबाट १६ जनाको शव निकालिएको छ ।
६५ जना चढेको गाडी भिरबाट खस्दा ज्यान गुमाउनेहरुमध्ये अहिलेसम्म १६ जनाको शव निकालिएको र ज्यान गुमाउनेहरुको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।
डडेलधुराको अमरगढी नगरपालिकामा लाग्ने उग्रतारा मेलाबाट फर्किने क्रममा पिसजोन बोर्डिङ स्कुलको बस भिरबाट खसेको हो । अहिले जिल्ला प्रहरी कार्यलय डडेलधुरा र डोटीको टोली घटनास्थलमा पुगेको छ । डोटीको ३६ नं. गणको सशस्त्र प्रहरीको टोली पनि उद्धारका लागि घटनास्थल पुगेको छ ।
इलामबाट शान्तिडाँडा जाँदै गरेको जीप दुर्घटना भएकाे छ । जीप इलाम नगरपालिका १ साखेजुङ्गमा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको हाे । घटनामा तीनजना घाइते भएका छन् ।
दुर्घटनामा इलाम नगरपालिका १ निवासी ५६ वर्षीय कैलाश गुरुङ्ग र सोही ठाउँका ३६ वर्षीय सुमन खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक ३० वर्षीय रमेश गुरुङ्ग, सहचालक २० वर्षीय सुनिल गुरुङ्ग र तुलसीकुमार बस्नेत घाइते भएका छन् । उनीहरुको इलाम अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट एक सय मिटर तल झरेको थियाे ।


