देउसी-भैलोको रकम भवन निर्माणमा

धनकुटा । कति पय स्थानमा देउसी भैलोको रकम वनभोज र घुम्नमा प्रयोग भई रहेको कुरा आए पनि होटल एशोसिएशन अफ भेडेटारले भने भवन निर्माणमा रमक खर्च गर्ने भएको छ ।

एशोसिएशनले तिहारमा खेलेको देउसीभैलोबाट ३ लाख ४३ सहयोग संकलन भएको थियो र त्यो रकम भवन निर्माणमा खर्च गरिने एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।

पर्यटकीय स्थल भेडेटारमा एशोसिएशनले आगामी वैशाखभित्र आफ्नै भवन निर्माण गर्न तिहारमा तीन दिन देउसी भैलो खेलेको थियो । भवन निर्माण गर्न साँगुरीगढी गाउँपालिकासँग जग्गा माग गरिएको अध्यक्ष रुम्दालीले जानकारी दिए ।

भवन निर्माण भएपछि कार्यालय संचालनसँगै पर्यटकीय स्थलको जानकारीमूलक सूचना केन्द्र स्थापना गर्ने उनले बताए । भेडेटार धनकुटा जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रका रुपले चिनिदै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖