शसस्त्र प्रहरीको यस्तो दानवीय रुपले वीरगञ्जमा आतंकनै छायो – हेर्नुहोस् भिडियो
काठमाडौं । देशका जनताको जिउज्याको सुरक्षा गर्ने जिम्मेवारी पाएको सुरक्षा अंग हो शसस्त्र प्रहरी बल । राज्यले यो संगठलाई भन्सारमा समेत सुरक्षाको जिम्मेवारी दिएको छ । तस्करी नियन्त्रणका लागि । तर, यही संगठनका केही व्यक्तिले यस्तो कर्तुत गरेका छन् जसलाई स्वीकार गर्न गाह्रो हुन्छ ।
वीरगञ्ज भन्सारमा कार्यरत एक सुरक्षाकर्मीले सीमापारीबाट केही सामान ल्याएको आरोपमा एक महिलालाई वीरगञ्जको व्यस्थ बजारमा लछारपछार गरेका छन । उनको व्यवहारले त्यहाँ आतंकनै छाएको भिडियोमा देख्न सकिन्छ । एक जनामा कञ्चन झा नामका व्यक्तिले सामाजिक सञ्जाल ट्वीटरमा भिडियो शेयर गरेका छन् ।
सुरक्षाकर्मी कानूनको उलंघन भएमा उलंघनकर्तालाई सबुत प्रमाण सहित न्यायीक निकायमा उभ्याउने म्याने डेट पाएका व्यक्ति हुन्। देशको कानूनले उनीहरुलाई सर्वसाधारणको जिउधनको सुरक्षाको जिम्मेवारी सुम्पेको छ। तर यो भिडियोको दृश्यले सशस्त्र प्रहरीले बर्बर सुरक्षा शैली उजागर गरेको छ। pic.twitter.com/uvFoPmHU9e
— Kanchan Jha (@kanchan_jha) November 22, 2018


