भब्यताका साथ मनायो धनकुटा इङलीस बोर्डीङ स्कुलले बार्षिक उत्सव र अविभावक दिवस !

धनकुटा । धनकुटा इङलीस बोडीङ स्कुल धनकुटाले आफ्नो नबौ बार्षिक उत्सव तथा अविभावक दिवस विविध कार्यक्रम गरी भब्यताका साथ मनाएको छ ।

विद्यालयले शैक्षिक सत्र २०७४ सालमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरणका साथै विविध सास्कतिक कार्यक्रम गरि बार्षिक उत्सव तथा अविभावक दिवस मनाएको हो ।

विद्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विकास तथा समन्वय इकाई धकुटाका प्रमुख राम बहादुर थापाले धनकुटा इङलिस स्कुलले गरेका हरेक क्रियाकलापहरु उत्कृष्ट रहेको हुदा यसलाई कायम राख्न शुभकामना दिनुभयो । उहाले उहाले प्रत्येक एसइइ परिक्षामा उत्कृष्टता हासील गरेको विद्यालयले अबका दिनमा पनि उत्कृष्ट नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा प्यापसन धनकुटाका अभ्यक्ष ज्ञानु गुरुङ, एन प्यापसनका अध्यक्ष दिनेस भण्डारी,नेपाल पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवास,पूर्व विद्यालय व्यवस्थापन अध्यक्ष केसर सुब्बा , धनकुटा नगरपालिका वडा नं ५ का वडा सदस्य सीता प्रधान प्यपसन धनकुटाका सचिव दुर्गा लुइटेल, लालिगरास बोडिङका सञ्चालक प्रकास निरौला लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजन पौडेलले विद्यालयको प्रगती, वर्तमान अवस्था र भावि रणनितिको विषयमा जानकारी गराउनु भएको थियो । विद्यालयका विभिन्न कक्षामा अध्यानरत विद्यार्थीहरुले सास्कृतीक कार्यक्रममा सहभागिता जनाएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖