प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी अपराध सङ्गठन(इन्टरपोल)को ८७ औँ महासभामा भाग लिएर स्वदेश फिर्ता हुनुभएको छ । महानिरीक्षक खनाल मङ्सिर २ गतेदेखि ५ गतेसम्म युनाइटेड अरब इमिरेटस (दुबई) मा भएको इन्टरपोलको ८७ औँ महासभामा भाग लिएर आज बिहान १०.१५ बजे स्वदेश फर्कनुभएको हो ।

विश्वका १९२ देशका प्रतिनिधि सहभागी उक्त महासभामा अन्तरदेशीय अपराध चेलिबेटी बेचबिखन, अवैध हातहतियारको कारोवार र रोकथामको विषयमा छलफल भएको थियो । साथै, उक्त महासभामा सदस्य राष्ट्रका वार्षिक प्रतिवेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीको निर्वाचन समेत भएको थियो ।

महासभामा इन्टरपोल तथ्याङ्क प्रशोधनको आवश्यकता, सन् २०१७ को बजेटसम्बन्धी लेखापरीक्षकको प्रतिवेदन, सन् २०१९ का कार्यक्रम तथा खर्च बजेट सम्बन्धी प्रस्ताव, आतङ्कवाद र आतङ्ककारी क्रियाकलापमा लगानी, साइवर अपराध, मानव बेचबिखनजस्ता विषयमा सङ्कल्प प्रस्ताव प्रस्तुत तथा पारित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महासभामा भाग लिन महानिरीक्षक खनाल कात्तिक ३० गते राति दुबई प्रस्थान गर्नुभएको थियो । महानिरीक्षक खनालसँगै नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र इन्टरपोल शाखाका प्रमुख एवं प्रहरी उपरीक्षक उमेशराज जोशी समेत दुबई जानुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।