प्रवक्ता विश्वकर्माको प्रश्न,- हिजो केही नभएका नेता कसरी धनी भए ?

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले सरकारले विदेशीको चाकरी गरिरहेको आरोप लगाएका छन्।

पार्टीले राजधानीमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै विश्वकर्माले ९ महिना सम्म सरकारले कुनै काम गर्न सक्दा सरकारको रुप जनताले चाल पाइसकेको बताए। ‘देश अहिले विदेशीको नियन्त्रणमा जस्तो देखिएको छ’, उनले भने, ‘सरकारले विदेशीको चाकरी भन्दा अरु केही गरेको छैन।’

नेताहरु रातारात धनी कसरी भए भन्दै विश्वकर्माले प्रश्न गरे। ‘हिजो केही नभएकाहरु आज कसरी धनी भएका छन्?’ उनको प्रश्न छ। ‘हिजो केही नभएका नेताहरु आज कसरी रातारात धनी भए?’, उनले भने, ‘जनताले हिसाव खोज्ने छन्।’ । राष्ट्रलाई मुक्ति गर्नको लागि अन्तिम आन्दोलन जरुरी भएको उनले बताए।

यतिबेला देशलाई खण्डित बनाउने षडयन्त्रहरु चलिरहेको बताए। तराई, पहाड, हिमालका नाममा खण्डित गर्न खोजिएको उनको भनाई छ। राष्ट्रघातिहरुका विरुद्ध सवै नेपाली जनता सेना हुन जरुरी भएको भन्दै आह्वान गरे।

शान्ति बाटिकामा कार्यक्रम गर्ने भन्दा सरकारले बखेडा झिकेको समेत उनले बताए। ‘सुखी नेपाली र समृद्ध नेपालको नारा दिने सरकारले सभा गर्ने ठाउँ दिन किन सक्दैन’, भन्दै उनले प्रश्न गरे। – नागरिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖