प्रदेश १ स्तरिय भलिबल : पहिलो दिन ५ खेल, कुन-कुन जिल्ला विजयी भए ? (अपडेट)
धनकुटा खबर । धनकुटामा आज बाट १ नम्वर प्रदेश स्तरिय पूरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमिले आयोजना गरेको प्रतियोगितामा १४ जिल्लाका १४ टिमको सहभागि रहेका छन् । खेलको उत्घाटन प्रदेश १ का सामाजीक विकास मन्त्री जीवन घिमिरेले गरेका छन् ।
आज भएका खेलमा सुनसरीले भोजपुर लाई २५—१९ र २५—१८ को सोझो सेटमा पराजित गरेको छ त्यस्तै संखुवासभाले खोटाङ्ग लाई २५—१४ र २८—२६ पराजित गरेको छ ओखलढुङ्गगाले ताप्लेजुङ्ग लाई २५—२० र २८—२६ ले पराजित गरेको छ भने झापाले धनकुटा लाई २५—१० र २५—१५ ले पराजित गरेको छ । आजै भएको अन्तिम खेलमा मोरङ्गले ईलाम लाई २५—२२ र २५ २५—२३ ले पराजीत गरेको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख ५१ हजार १ सय ११ रुपैया नगद सहित शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने छ । त्यस्तै क्रमश दोस्रो हुनेले १ लाख १ हजार १ सय ११ तेस्रो हुनेले ५१ हजार १ सय ११ र चौथोहुने टिमले २५ हजार १ सय ११ नगद सहित शिल्ड प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै व्याक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडिले १० हजार नगद त्यस्तै वेष्ट सर्भवत, वेष्ट ब्लकर, वेष्ट स्पाइक, वेष्ट सेटर, वेष्ट डिफेन्डर र राइसिङ्ग प्लोयरले ५ हजार नगद प्राप्त गर्ने गर्ने छन् ।


