यसरी सम्पन्न गरियो विश्वको दोस्रो र एसियाको पहिलो धनकुटा एभोकाडो महोत्सब – हेर्नुहोस् भिडियो
धनकुटा खबर । धनकुटा नगरपालिकाको आयोजनामा विश्वको दोस्रो र एसियाको पहिलो एभोकाडो महोत्सब धनकुटामा शनिवार सम्पन्न भएको छ ।
मेहर कृषि कार्यक्रम अन्र्तगत धनकुटालाई एभोकाडो राजधानी घोषण गरी एभोकाडो खेतिमार्फत कृषि पर्यटन लाई टेवा दिने उद्धेश्यका साथ मंसिर ८ गते एक दिन एभोकाडो महोत्सवको आयोजना गरिउको हो ।
महोत्सवमा ४७ किसानले आफुले उत्पादन गरेका एभोकाडो स्टलमा प्रर्दशनी गरेका थिए । विश्वको दोस्रो र एसियाको पहिलो एभोकाडो महोत्सब भएको दावि गरीएको एभोकाडो महोत्सवको मुख्य उद्धेश्य धनकुटामा उत्पादन भएको एभोकाडो लाई राष्टिय तथा अन्तराष्टिय स्तरमा चिनाउदै एभोकाडोको व्यावसायीक खेति तर्फ लागेका र अन्य किसान लाई यस खेति तर्फ आर्कषित र प्रोत्साहित गर्दै यस क्षेत्रको आर्थिक विकास लाई टेवा पु¥याउन सहयोगी बन्ने अपेक्षा रहेको धनकुटा नगरपालिकाले जनाएको छ ।

महोत्सवमा उत्कृष्ट एभोकाडो प्रदर्शन गर्ने किसानलाई पुरस्कृत गरिनुको साथै धनकुटा नगरपालिकाको परिचय मोडमा निर्माण गरिएको एभोकाडोको प्रतिमाको अनाबरण समेत गरिएको थियो । महोत्सवको उद्घाटन संघिय संसदका सदस्य राजेन्द्र राईले गरेका थिए ।
कार्यक्रम उद्घाटन समारोहमा बोल्दै संसद राईले कृषि क्षेत्रमा अब सरकारले प्रोत्साहन गर्ने बताए । कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, निरन राई, लिला सुब्बा,आर सी तुम्वा, कुसुम कुमारी श्रेष्ठ, विना राई जिल्ला समन्वय समिती प्रमुख टंक चुवान त्यस्तै महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपाल शहिदभुमी गाउँपालिका अध्यक्ष मनोज राई लगायतले एभोकाडो महोत्सव धनकुटामा हुनु कृषि क्षेत्रका लागि महत्वपूण रहेको बताए ।
कार्यक्रमा अन्य जनप्रतिनिधी सरकारी कार्यालयका, विभिन्न संघ संस्थाका प्रमख तथा प्रतिनिधिको उपस्थिती रहको थियो । कार्यक्रमको सभापतित्व धनकुटा नगरपालिकाका मेहर चिन्तन तामाङ्गले गरेका थिए ।


