जिम्मेवारीपूर्वक काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, ९ मङ्सिर । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायलाई राज्यले तोकेको कामलाई जिम्मेवारीपूर्वक निर्वाह गरी शान्तिसुरक्षालाई मजबुद बनाउन निर्देशन दिनुभएको छ ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौँमा सञ्चालित सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षकको आधारभूत तालीमको आज दीक्षान्त समारोहमा गृहमन्त्री थापाले जनताप्रति समर्पित भई अनुशासित र लगनशीलताका साथ काम गर्न प्रहरीलाई निर्देशन दिनुभयो ।

उहाँले नेपाललाई समृद्ध बनाउने सरकारको एकमात्र सङ्कल्प रहेकाले सुरक्षा निकाय जिम्मेवार र उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री थापाले भन्नुभयो, “लोकतन्त्रको संस्कार, विधिको शासन, कानूनी राज्यको मूल मर्मलाई आत्मसात् गर्दै जनताप्रति पूर्ण बफादार रही सरकारका कामलाई इमान्दार र जिम्मेवारपूर्णरुपमा काम गर्न आग्रह गर्दछु ।”

नेपाल सरकारले दिएको कार्यदिशा सीमा सुरक्षा, अपराध नियन्त्रण, सशस्त्र समूहको गतिविधि नियन्त्रण, औद्योगिक सुरक्षा नियन्त्रण गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिँदै जनताको मन जितेर प्रभावकारी काम गर्न आग्रह गर्नुभयो । सशस्त्र प्रहरीले अहिलेसम्म गरेको कामको प्रशंसा गर्दै गृहमन्त्री थापाले आफ्नोतर्फबाट सशस्त्र प्रहरी बलको सुदृढीकरण र विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले परिवर्तित समयानुसार सुरक्षा चुनौतीलाई सामना गर्न आवश्यक खतराको विष्लेषण गरी सुरक्ष बलियो बनाउन पनि आग्रह गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देशका विभिन्न भागमा रहेर सशस्त्र प्रहरी बलले राष्ट्रियताको जगेर्ना एवं नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपत् विपद्को उद्धार कार्यमा राज्यले सुम्पिएको दायित्व पूरा गर्दै आएको बताउनुभयो । सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालीममा तीन महिलासहित कूल ५४ तथा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालीममा एक महिलासहित १० प्रशिक्षार्थीको सहभागिता थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।