यस्तो हालतमा शिक्षण अस्पतालमा भर्ना भए निर्मलाका बुबा – हेर्नुहोस् भिडियो
काठमाडौं । गत साउन १० गते बलात्कारपछि हत्या गरिकी कञ्चनपुरकी १३ वर्षया बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई काठमाडौंको टिचिङ्ग अस्पतालमा भर्ना गरिएको छ। छोरीको न्यायका लागि धर्नामा बस्दै गर्दा मानसिक सन्तुलन गुमेको भन्दै उपचारका लागि काठमाडौं ल्याइएको हो।

असामान्य व्यवहार देखाएका पन्तलाई उपचारका लागि विमान मार्फत धनगढीबाट काठमाडौँ ल्याउने तयारी भएको थियो । तर विमानले उनलाई लैजान नमानेपछि शनिबार राति निजी गाडी मार्फत काठमाडौँ ल्याइएको हो। प्रहरी सहायक निरीक्षक दीपक धामीको नेतृत्वमा तीन जनाको प्रहरी टोली र सेती अञ्चल अस्पतालका स्वास्थ्यकर्मी सुनिल विक टोलीसहित काठमाडौं ल्याइएको हो।


